डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौँ उपत्यकामा राति ९:०० बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा राति ९ः०० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । 

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले सार्वजनिक सूचना जारी गरेर राति ९ः०० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने जनाएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार तोकिएको समय सीमा भित्र मात्रै देउसी भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न पाइने छ । तर, त्यसबाहेकको समयमा देउसी भैलो खेलेमा कारबाही गरिने उहाँले बताउनुभयो ।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरिएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउसी भैलो कार्यक्रम गर्न समय सीमा राख्ने र नराख्ने बारे निर्णय गर्न भनेको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यालयले समय सीमा तोकेका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ५९ बजे