यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई पाँच वर्षसम्म उम्मेदवार हुन रोक 

इस्लामाबाद । पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई गैर कानुनी रूपमा राज्य उपहार बेचेको आरोपमा सार्वजनिक पदमा बस्नबाट रोक लगाएको छ । 

गठबन्धन सरकारले खानले विदेशी प्रतिष्ठित व्यक्तिहरूले प्रदान गरेको उपहार र उनीहरूको कथित बिक्रीबाट प्राप्त रकमको विवरण सेयर नगरेको आरोप लगाउँदै उक्त आदेशको माग गरेको थियो । 

उहाँका वकिलहरूले आयोगको फैसलालाई उच्च अदालतमा चुनौती दिने बताउनुभएको छ । खानले यसअघि यो मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउनुभएको थियो। 

निर्वाचन आयोगको पाँच सदस्यीय प्यानलले गरेको सर्वसम्मत निर्णय पूर्व प्रधानमन्त्रीका लागि ठुलो झट्का भएको बिबिसीले टिप्पणी गरेको छ ।एजेन्सी

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ३६ बजे