डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

आचारसंहिता उल्लंघन गर्दै पम्फा भुषाल, निर्वाचन आयोगमा पर्यो उजुरी

काठमाडौँ – प्रतिनिधिसभाामा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेद्वार रहेकी माओवादी नेत्री पम्फा भुसालको प्रचारप्रसारमा आचारसंहिता उल्लंघन गरेको पाइएपछि कारवाहीको माग राखेर निर्वाचन आयोगमा उजुरी परेको छ ।

आदिवासी जनजाति स्वतन्त्र महिला समूहको नाममा ललितपुर महानगरपालिका वडा नं १४ स्थित थसीखेल, नखिपोट र विशाल चोक आसपासका क्षेत्रमा पर्खाल, बिजुलीका पोलमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार पम्फा भुसाललाई अत्यधिक मतले विजयी गराउ भनि पोष्टर टासिँएको पाइएपछि नेकपा एमाले ललितपुर क्षेत्र नम्र ३ निर्वाचन परिचालन कमिटिले उजुरी दिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा दिइएको उजुरीमा निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा १, २ र ३ विपरित कार्य गरेको हुँदा कारवाहीको माग गरिएको छ । उक्त पोष्टरमा माओवादी केन्द्रको छाप समेत देखिएको भन्दै उजुरीमा तत्काल पोष्टर जफत गर्न र हटाउन माग गरिएको छ । यस्तै, निर्वाचन आचारसंहिता विपरित कार्य गर्नेहरुलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ (७) अनुसार हदैसम्मको कारवाही गर्न माग गरिएको छ । 

यसअघि गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ, सोही पार्टीका नेता एवं मन्त्री मेटमणी चौधरी लगायतले आचारसंहिता उलंघन गरेको जनाउदै आयोगमा उजुरी परेको थियो । सो पार्टीका नेताले विदेश पठाउन फ्रि टिकट र प्रि भीसा उपलब्ध गराउने बताएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : ४६ बजे