‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

गुल्मी । आफ्नै श्रीमती हत्या गरेको आरोपमा गुल्मीको मुसिकोट नगरपालिका–७ बसेरी बस्ने ४२ वर्षीय सूर्य कुमाल पक्राउ परेका छन् । ४० वर्षीया तालकुमारी कुमालको हत्या गरेको अभियोगमा कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सूर्यकुमारको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापश्चात जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सूर्यकुमारलाई पक्राउ गरेको हो । 

घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ५७ बजे