बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गए राती ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गए राति ९ बजे विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ट्याक्टरसहित चालकलाई अस्थायी प्रहरी पोष्ट इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ११ : ३९ बजे
प्रतिक्रिया