काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुहुने भएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार अध्यक्ष ओलीले नागरिकका प्रश्नको जवाफ दिनुहुने भएको हो ।
अध्यक्ष ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उहाँको सचिवालयले जनाएको छ ।
“यो उत्साहपूर्ण सहभागिताका लागि मुरमुरी धन्यवाद” ओलीले भन्नुभएको छ । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो १ः०० बजेपछि नाम टिप्न बन्द गरिएको थियो ।
नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मङ्गलवार अनुरोध गर्नुभएको थियो ।
संसदीय चुनाव नजिकिँदै जाँदा अध्यक्ष ओलीले चुनावी अभियान तीव्र पार्नुभएको छ । उहाँले केही दिनअघि मात्र प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई खुला डिभेटका लागि आह्वान समेत गर्नुभएको थियो ।
प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ८ : ०५ बजे
प्रतिक्रिया