काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएकाे छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएकाे हाे ।
पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । अहिलेसम्म नेपाल आर्मी सर्वाधिक स्वर्ण जितेर पहिलो स्थानमा छ ।
प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार ४ : १० बजे
प्रतिक्रिया