मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

आचारसंहिता विपरितका गतिविधिमा माधव नेपाल , आयोगले सोध्यो स्पष्टीकरण 

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल निर्वाचन आचारसंहिता विपरितका गतिविधिमा सकृय भइरहेका छन् ।मतदातालाई प्रभावित गर्न  आचारसंहिता विपरित गतिविधि गरिरहेसँगै निर्वाचन आयोगले उनलाई  स्पष्टीकरण सोधेको छ ।

मतदाताहरुलाई झुटो आश्वासन बाँढेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाल विरुद्ध उजुरी परेको थियो । उनले मतदातालाई प्रभावित पार्नेगरी आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने भन्दै आश्वासन बाँढिरहेका छन  ।

आयाेगले उनलाई २४ घण्टाभित्र आफैं उपस्थित भएर वा आफ्ना प्रतिनिधिमार्फत लिखित रुपमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

बिना ढेउवा के भिसा मिल्ते है, टिकट मिल्ते है, काठमाडौंमे तालिम मिल्ते है भनी सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । उक्त श्रव्यदृश्य सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परिक्षण गर्दा तपाईको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले उक्त विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन आयोगले रौतहट प्रहरीलाई पत्र समेत लेखेको छ ।

मतदाता प्रभावित पार्न प्रलोभन देखाएको पुष्टि भएमा १ लाखसम्म जरिवाना वा दुई वर्ष कैद हुने व्यवस्था निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ मा छ ।

​​​​​​​

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  २ : ४६ बजे