डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सिराहामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते 

सिराहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजा–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् । 

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिनुभयो । 

गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ । 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : १५ बजे