सुनको मूल्यमा नयाँ कीर्तिमान

पुरुष फुटबल : स्वर्ण पदकका लागि आर्मी र एपिएफ भिड्दै

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदकका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज प्रतिस्पर्धा गर्दैछन् । 

पोखरा रङ्गशालामा १ः०० बजे सुरु हुने खेलले स्वर्ण पदक विजेताको टुङ्गो लाग्नेछ । 

यसअघि मङ्गलवार भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले पराजित आर्मी फाइनलमा प्रवेश गरेको हो

दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

जारी नवौँ खेलकुदमा आज आज सम्पन्न हुँदैछ । 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ९ : २४ बजे