काठमाडौँ । देशभरका बालबालिकालाई आज पनि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको थियो ।
बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।
प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार ७ : २० बजे
प्रतिक्रिया