डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–५ मैनाहामा मङ्गलवार बेलुकी गाडामा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरकै लालझण्डी गाउँपालिका–३ का ३० वर्षीय रमेश राना रहेका छन् । 

गम्भीर घाइते भएका रानाको उपचारका क्रममा इशान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक जनालाई उपचारका लागि धनगढी लगिएको छ । 

बेलौरीबाट लालझण्डीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प २४३२ नम्बरको मोटरसाइकल मङ्गलवार बेलुकी ७ः०० बजे विपरीत दिशाबाट आउँदै गरेको गाडामा ठोक्किएको इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले जनाएको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : १३ बजे