मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने

काठमाडौँ । नेकपा एमालेले घोषणापत्र तिहारपछि सार्वजनिक गर्ने भएको छ । 

एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले घोषणापत्रका लागि मस्यौदा तयार भइरहेको र तिहारपछि घोषणापत्र सार्वजनिक गर्न तयारी रहेको बताउनुभयो  । घोषणापत्रका लागि सुझाव सङ्कलन, अध्ययन र लेखनको काम भइरहेको पनि उहाँले बताउनुभयो । 

“हामी घोषणा पत्रको तयारीमा लागि रहेका छौँ । तिहारपछि मात्रै घोषणापत्र सार्वजनिक गर्छौँ । अहिले मस्यौदालाई अन्तिम रूप दिइरहेका छौँ, धेरै सुझाव आएका छन् । ती सुझाव सङ्कलन, अध्ययन र लेखनको काम भइरहेको छ । तिहारपछि मात्रै सार्वजनिक गर्छौँ ।”, उहाँले भन्नुभयो ।

चुनावी घोषणापत्र तयारीका लागि एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भन्ज्याङ पुग्नुभएको थियो । अध्यक्ष ओलीसँगै महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ समेत घोषणापत्र मस्यौदाका लागि लाँकुरी भन्ज्याङ जानुभएको थियो । 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ११ : ४२ बजे