मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एकीकृत समाजवादीको सिङ्गो कमिटी नै एमालेमा समाहित

रोल्पा । रोल्पा परिवर्तन गाउँपालिका नेकपा एकीकृत समाजवादीका सिङ्गो कमिटी नेकपा एमालेमा समाहित भएको छ । 

चुनावी अभियानको क्रममा भएको कार्यक्रममा परिवर्तन गाउँपालिकाका सम्पूर्ण पदाधिकारीसहित सिङ्गो कमिटी नै एमालेमा समाहित भएको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटीका अध्यक्ष तिल बहादुर पुन, सचिव कर्ण बुढा(नेस्नल), गाउँ कमिटी सह–ईन्चार्ज पृथ्वी पुन, जिल्ला सदस्यहरू घन कुमारी घर्ती, सविना विक, गङ्गा प्रसाद रोका, अरुणा थापा लगायतका १७ जनाभन्दा बढी पदाधिकारीसहित सिङ्गो एकीकृत समाजवादी परिवर्तन गाउँ कमिटी नेकपा एमालेमा समाहित हुनुभयो ।

पुतलाचौरमा सम्पन्न भएको बैठकमा एमाले परिवर्तन गाउँ कमिटीका अध्यक्ष प्रदीप डाँगीको अध्यक्षता रहेको थियो । 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार तथा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा प्रत्यक्ष तर्फका उम्मेदवार तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पूर्ण बुढा, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रदेशसभा “ख“ का प्रत्यक्ष उम्मेदवार प्रेमबहादुर घर्ती सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १० : १३ बजे