‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्न निर्देशन

​​​​​​​काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ ।

महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो  । 

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले सङ्घ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ । महानगरमा दर्ता नगराई व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवाना समेत असुल गर्ने  सूचनामा जनाइएको छ । 

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ८ : २९ बजे