मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राप्रपा परित्याग गरी दर्जनभन्दा बढी एमाले प्रवेश

​​​​​​​चरिकोट । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई जिताउन अभियानमा भीमेश्वर नगरपालिका–२ तिखातल बस्ने राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय एक दर्जनभन्दा बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।

मङ्गलवार तिखातल टोल कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा एमालेका नेता एवं प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले उहाँहरूलाई प्रवेश गराउनुभएको हो । 

प्रवेश गर्नेमा ओमराज श्रेष्ठ, तीर्थमाया ठकुरी, निरुमाया क्षेत्री लगायतका रहनुभएको छ । 

कार्यक्रममा एमाले दोलखाका नेताहरू डबल पाण्डे राजेन्द्र मानन्धर हरिवंश चौलागाई लगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ७ : ३७ बजे