‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज-१३ का सुमित कुशवाहा, वीरगञ्ज-१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज-११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

यसैगरि पोखरिया नगरपालिका-६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका-२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ५ : ४६ बजे