यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

कारबाहीमा परी पाँच आईएस लडाकू मारिए

कुन्दुज । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्यहरु लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता अबिदुल्लाह अबिदीले बताउनु भएको छ ।

आतङ्ककारी लु्क्ने ठाउँमा आज बिहान आक्रमण गर्दा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको अबिदीले पत्रकारहरूलाई बताउनु भएको हो । 

सुरक्षाबलले गरेको कारबाहीमा सशस्त्र विद्रोहीहरू बनाएका दुष्ट योजनालाई विफल भएको बताइएको छ ।  गत वर्ष केही घातक बम विस्फोटको जिम्मेवारी लिएका कट्टरपन्थी इस्लामिक स्टेट्स सङ्गठनले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ३ : ४६ बजे