यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

बाइडेनको टिप्पणीलाई लिएर पाकिस्तानी विदेश मन्त्रालयले बोलायो अमेरिकी दूत

इस्लामाबाद ।​​​​​​​ पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान विश्वको सबैभन्दा खतरनाक देशहरू मध्ये एक हुन सक्ने र त्यहाँ आणविक हतियारहरू भएको बताएपछि विदेश मन्त्रालयले अमेरिकी दूतलाई बोलाएको हो ।

७९ वर्षीय बाइडेनले बिहीबार डेमोक्र्याटिक कंग्रेसनल क्याम्पेन कमिटीको स्वागत समारोहमा उक्त टिप्पणी गर्नुभएकाे थियाे, जसमा उहाँले युक्रेन युद्ध, चीन, र अमेरिकी मुद्दाबारे छलफल गर्नुभएकाे थियाे ।

चीन र राष्ट्रपति सी जिनपिङसँगको आफ्नो सम्बन्धको सन्दर्भमा बोल्दै, बाइडेनले भन्नुभयाे, ‘जिनपिङले आफूले चाहेको कुरा बुझ्दछन तर उनमा समस्याहरूको विशाल श्रृंखला छ ।’

सोही सन्र्दभमा उनले पाकिस्तानको बारेमा पनि चर्चा गर्नुभएकाे थियाे । ‘ मलाई लाग्छ पाकिस्तान संसारको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक हो, जहाँ बिना तालमेल आणविक हतियार छ । 
पाकिस्तानी विदेशमन्त्री बिलवाल भुट्टो जर्दारीले दक्षिण बन्दरगाह सहर कराँचीमा  शनिबार आयोजित पत्रकार सम्मेलनमा आफू बाइडेनको भनाइबाट चकित परेको बताउनुभयाे । ‘मलाई लाग्छ कि यो ठ्याक्कै एक प्रकारको गलत बुझाइ हो जुन बचनबद्धताको कमी हुँदा सिर्जना हुन्छ’, उहाँले थप्नुभयाे ।
 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ११ : ५१ बजे