यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

यौन दुर्व्यवहारको आरोपपछि टेलिभिजन पत्रकारले दिए राजीनामा

वेलिङटन – यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट आफ्नो पदबाट राजीनामा दिएका छन् । 

यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको आरोप लगाइएको थियो । उनको राजीनामापछि  उनलाई टीभीएनजेडमा काममा  राख्न जिम्मेवार समाचार प्रमुखले पनि राजीनामा दिएका छन् ।

न्युजिल्याण्डमा पत्रकारको रूपमा आफ्नो क्यारियर सुरु गरेका सन्तामारिया अल जजीराका लागि एक लोकप्रिय व्यक्तित्व थिए किनभने उनले २०२० संयुक्त राज्य अमेरिकाको चुनावको पछिल्लो समयका वर्षहरूमा प्रमुख घटनाहरू कभर गरेका थिए । 

एजेन्सी

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ९ : ३३ बजे