सुनको मूल्य बढ्यो

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १२ : १२ बजे