सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बसका चालक दीपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचीनगर नगरपालिका ७ का २१ वर्षीय प्रदीप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ ।
अन्य घाइतेहरूको गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।
काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो ।
दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात् घर फर्किसकेका छन् । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ११ : ०७ बजे
प्रतिक्रिया