मनसुन क्रमशः कमजोर हुँदै

काँग्रेस बिगु–काठमाडौँ सम्पर्क समितिका सभापतिसहित नेता–कार्यकर्ता एमालेमा प्रवेश 

​​​​​​​काठमाडौँ । नेकपा एमाले बिगु गाउँपालिका–काठमाडौँ सम्पर्क मञ्चको विस्तारित बैठकमा नेपाली काँग्रेसको बिगु–काठमाडौँ सम्पर्क समितिका सभापति वीरेन्द्र कटवालसहितका नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

शनिवार आयोजित सम्पर्क मञ्चको विस्तारित बैठकमा उहाँहरूलाई पार्टीमा स्वागत गरिएको हो । 

पार्टी प्रवेश गर्नेहरूमा सभापति कटवालसहित खीपक खड्का, कृष्ण बुढाथोकी, नोरसोङ तामाङ, साङदोर्जे तामाङ, दोर्जे तामाङ, लीलामान तामाङ, आभाष लामा र तेञ्जिङ शेर्पा रहनुभएको छ ।

उहाँहरूलाई एमाले पोलिटब्यूरो सदस्य एवम् पूर्व मन्त्री पार्वत गुरुङ, एमालेका तर्फबाट दोलखाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, बागमती प्रदेश सदस्य कृष्ण भुजेल, जिल्ला कमिटी सदस्य एवम् दोलखा–काठमाडौँ सम्पर्क मञ्चका इन्चार्ज गणेश शिवाकोटी र जिल्ला कमिटी सदस्य समेत रहनुभएका बिगुका नेता अचुतम केसी (कटवाल)लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभएको थियो  ।

काँग्रेस सम्पूर्ण रूपमा सक्षम हुँदाहुँदै पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इशारामा चल्न थालेपछि आफूहरू पार्टीमा रहन नसकेको साथै राष्ट्रवादी छवि बनाएको एमालेले अगाडि सारेको समृद्धिको अभियानबाट आफूहरू प्रभावित भएको पनि उहाँहरूको भनाई छ । 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ४४ बजे