मनसुन क्रमशः कमजोर हुँदै

मनसुन बाहिरिँदै, एक साता घमाइलो हुने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन/चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन ।

प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिइसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सोमबार सुदूरपश्चिम र कर्णालीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५० बजे