मनसुन क्रमशः कमजोर हुँदै

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेकपा एमाले घोषणापत्रमा निर्माणमा केन्द्रित 

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै नेकपा एमाले घोषणापत्र निर्माणमा केन्द्रित भएको छ ।

घोषणापत्रलाई अन्तिम रूप दिन एमाले अध्यक्ष केपी ओली शनिवार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुग्नुभएको  छ । 

मस्यौदालाई अन्तिम रूप दिन अध्यक्ष ओलीले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहनुभएको छ । 

एमालेले तीन दिनभित्र घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

राष्ट्रियता, सुशासन, समृद्धि, रोजगारी अभिवृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता विषयलाई मुख्य एजेन्डा बनाउँदै एमालेले निर्वाचन घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको हो । 

एमालेले २६ साउनमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको थियो । 

अध्यक्ष ओलीको संयोजकत्वमा रहेको कमिटीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ३७ बजे