मनसुन क्रमशः कमजोर हुँदै

भीमेश्वरमा १ सय ५१ सदस्यीय चुनाव परिचालन कमिटी 

​​​​​​​काठमाडौँ । नेकपा एमाले भीमेश्वर नगर–काठमाडौँ सम्पर्क मञ्चले आगामी ४ मङ्सिरमा सम्पन्न हुने आम निर्वाचनको तयारीका लागि १ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

शनिवार काठमाडौँमा सम्पन्न मञ्चको विस्तारित बैठकले चुनाव परिचालनका लागि १७ सदस्यीय सचिवालय तथा १३ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गर्दै निर्वाचन केन्द्रित हुने निर्णय गरेको छ ।बैठकमा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवम् बागमती प्रदेशकी पूर्व मन्त्री रचना खड्का लगायत अतिथिहरू सहभागी हुनुहुन्थ्यो ।

पूर्व मन्त्री पोखरेलले दोलखामा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउँदै सूक्ष्म तयारीका साथ परिचालित हुन निर्देशित गर्नुभयो । 

उहाँले मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा र समृद्धि एमालेबाट मात्र सम्भव भएको उल्लेख गर्नुभयो । 

मुक्ति समाज पनि चुनावी तयारीमा केन्द्रित 
यसैबीच, आगामी ४ मङ्सिरको निर्वाचन तयारीका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज दोलखाको पनि विस्तारित बैठक सम्पन्न भएको छ । 

चरिकोटस्थित पार्टी कार्यालय, दोलखामा सम्पन्न बैठकले जिल्लास्थित मुक्ति समाजका सबै पालिका र वडा स्तरीय कमिटीहरूलाई एमालेका उम्मेद्वारहरु जिताउन सक्रिय बनाउन परिचालित गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष रमेश विश्वकर्माले बताउनुभयो ।  

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : २९ बजे