सुनको मूल्यमा नयाँ कीर्तिमान

शेख रसेल कप चेसमा नेपालद्वारा पाकिस्तान पराजित

काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा जारी शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण चेस च्याम्पियनसिपमा नेपालले पाकिस्तानमाथि ३–५–०–५ को सानदार जित दर्ज गरेको छ । 

शनिवार सम्पन्न तेस्रो राउण्डको खेलमा नेपालको तर्फबाट पहिलो बोर्डमा फिडेमास्टर रिजेन्द्र राज भण्डारीले आफूभन्दा उच्च वरियताका पाकिस्तानी फिडेमास्टर करिम अमेरलाई पराजित गरे । दोस्रो बोर्डमा खेलेका फिडेमास्टर विलमलाल श्रेष्ठले सोहिल जुनाईदमाथि सहज जित हात पारे ।

प्रतियोगितामा पहिलो खेल खेलेका राजेन्द्रप्रसाद श्रेष्ठले चौथो बोर्डमा उच्च वरियताका मुहमद सहाजेवलाई हार चखाए भने तेस्रो बोर्डमा प्रतिस्पर्धा गरेका सिंगेश्वर दासले उच्च वरियताका फिडेमास्टर मुहमद वाकरलाई बराबरीमा रोक्न सफल रहे ।

तीन राउण्डको समाप्ति पश्चात् आयोजक बङ्गलादेश ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । त्यसैगरी समान चार चार अङ्क बनाएका नेपाल तथा श्रीलङ्का क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । 

राउण्ड रोविन प्रणालीमा सञ्चालन भइरहेको च्याम्पियनसिपको पहिलो चरणको समाप्ति पश्चात् शीर्ष ३ टोली सुपर लिगमा प्रवेश गर्नेछन् । च्याम्पियनसिप अन्तर्गत नेपालले आइतबार श्रीलङ्काको सामना गर्नेछ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : १५ बजे