‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लागु औषधसहित चार जना पक्राउ

चितवन । विभिन्न लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ का ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता  प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रवार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो । 

पक्राउ परेका उनीहरूको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलिग्राम खैरो हेरोइन फेला परेको उहाँले जानकारी दिनुभयो । मोबाइल चार थान, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ९ : १७ बजे