मनसुन क्रमशः कमजोर हुँदै

डडेलधुरामा एमालेले तोड्यो बिपी काङ्ग्रेससँग चुनावी तालमेल

​​​​​​​काठमाडौँ । नेकपा एमाले डडेलधुराले नेपाली काँग्रेस (बिपी)सँग चुनावी तालमेल तोडेको छ । 

एमालेले बिपी काँग्रेसले सहमति उल्लङ्घन गरेको भन्दै तालमेल नगर्ने भन्दै विज्ञप्ति जारी गरेको छ ।

डडेलधुरा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ काँग्रेस (बिपी)लाई र प्रदेशसभातर्फ भने १ र २ दुवै निर्वाचन क्षेत्रमा एमालेलाई दिने सहमति भएको थियो । तर प्रदेश २ मा स्वतन्त्र उम्मेदवारलाई बिपी कांग्रेसलाई तालमेल गरेपछि एमालेले चुनावी तालमेल तोडेको हो ।

नेपाली काँग्रेस बिपीले सम्झौता उल्लङ्घन गरेको कार्यप्रति असहमति जनाउँदै एमाले डडेलधुराका अध्यक्ष प्रकाश बहादुर साउदले नेपाली काँग्रेस बिपीसँग गरिएको चुनावी तालमेल भङ्ग गरी पार्टीले एकल रूपमा निर्वाचनमा होमिन निर्णय गरेको विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । 

एमालेले डडेलधुरा प्रदेशसभा क्षेत्र न. १ मा पठान सिंह बोहरा र प्रदेशसभा क्षे नं. २ मा गजेन्द्र बहादुर शाही तथा समानुपातिकमा आफ्नो पार्टीमा मतदान गर्न अपिल पनि गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ३३ बजे