सुनको मूल्यमा नयाँ कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: बेनीमा तेक्वान्दो शुरु

म्याग्दी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल शुरु भएको छ । 

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । 

सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

समितिका प्रशिक्षक कर्ण प्रधानले पुम्सेका छ र गेरोगीका १६ गरी २२ वटा इभेन्ट्सका खेल हुने जानकारी दिनुभयो । स्वर्ण र कास्य २२ /२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ देखि ७२ र पुरुषतर्फ ५४ देखि ८७ केजी तौल समूहका खेलाडी सहभागि छन् । 

शुक्रबार साँझ भएको उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषतर्फ नेपाल पुलिस क्लवले जितेको राष्ट्रिय खेलकुद परिषद्का प्रमुख तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले बताउनुभयो । महिलातर्फ ७।१९९ अंक सहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वतिका तामाङले ७।१४९ अंक जोडेकी थिइन् । तेस्रो स्थान प्राप्त गर्न सफल प्रदेश १ की शुशिला राईले ६।८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६।४६६ अंक पाइन् । 

पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७।५३३ अंकसहित विजयी हुँदा लुम्बीनीका युवराज रानाले ७।१४९ अंक सहित उपबिजेता बन्नुभयो । 

त्यस्तै ६.८६६ अंक सहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंक सहित प्रदेश १ का विवेक राई तेस्रो भए । पुम्से र गिरोगीतर्फका बाँकी खेल आज सञ्चालन हुने राखेपका प्रमुख प्रशिक्षक श्रेष्ठले बताउनुभयो । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ । रासस

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ७ : २० बजे