सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने  प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : ०६ बजे