बाराही हाइड्रोले २ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । सो शेयर खरिदका लागि बागलुङको  जैमिनी नगरपालिकाको वडा नं.१, ४ र ५ साबिक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मङ्सिर ४ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले एनएमबि बैङ्क र ग्लोबल आइएमई बैङ्कको कुस्मीसेरा शाखा, कुमारी बैङ्कको राहाले शाखा र गरिमा विकास बैङ्कको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

यसका साथै नेपाल धितोपत्र स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका ताकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ८ : ४२ बजे