वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन र कर्जा लगानीको अवस्था कस्तो छ ?

काठमाडौँ । पछिल्लो एक सातामा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन र कर्जा लगानी दुवै घटेको छ । 

एक सातामा निक्षेप सङ्कलन ८ अर्ब रुपैयाँले घटेको हो । दसैँअघि असोज १४ गतेसम्म वाणिज्य बैङ्कहरूमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन भएकोमा दसैँपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । 

एसोसिएसनका अनुसार यस अवधिमा कर्जा प्रवाह पनि ४ अर्ब रुपैयाँ घटेको छ । १४ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४१ खर्ब ९३ अर्बमा झरेको छ । 

समग्रमा असोजमा २१ दिनमा निक्षेप २५ अर्ब निक्षेप बढेको छ भने कर्जा प्रवाह ३ अर्ब मात्रै बढेको छ । असोज २१ गतेसम्ममा बैङ्कहरूको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ८ : २२ बजे