निर्वाचन आयोगद्वारा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । 

आयोगले मङ्सिर ४ मा हुने निर्वाचनको कार्य तालिकाअनुसार बुधवार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आयोगले बुधवार मनोनयन दर्ता गरेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । मनोनयन फिर्ता लिन इच्छुक दल र उम्मेदवारले फिर्ता लिइसकेपछि आयोगले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४ सय १२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् । १ सय१९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी, प्रदेशसभातर्फ ३ हजार २ सय २४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २ सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

निर्वाचन आयोगद्वारा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित):​​​​​​​

प्रदेशसभाका लागि उम्मेदवारहरूकाे सूची:

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ७ : ३५ बजे