‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बारामा एकै परिवारका तीन जनाको हत्या

वीरगन्ज । बारामा बुधबार एकै परिवारको तीन जनाको हत्या भएको छ। उनीहरुको शव खोलाको किनारमा फलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको हो।

प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी,  उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

तीनै जनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको अवस्थामा भेटिएको प्रहरी उपपरीक्षक बोगटीले जानकारी दिए।

घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ। पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ। पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुनसक्ने आशंका छ। उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको बोगटीले जानकारी दिए।

बुधबार अपरान्ह घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक बोगटीले हत्या कसले र किन गरेको भन्ने विषयमा अझै एकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ०१ बजे