मोरङ । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. २ बस्ने २९ वर्षीय रविन घिमिरे रहेका छन् । प्रहरीले उनलाई लाई सोमबार साँझ पक्राउ गरेको हो ।
सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १२ : ५२ बजे
प्रतिक्रिया