रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ उधोगपुरीमा गए राती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका–४ स्थित पौवा होटेलमा काम गर्ने अन्दाजी २३ वर्षीय सन्तोष खत्री रहेका छन् । 

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गए राती सवा ११ बजे अनियन्त्रित भएर पल्टिदा उनी गम्भीर घाइते भएका थिए । 

खत्रीलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : २५ बजे