‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिगलाई जबर्जस्तीकरणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । 

पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मङ्गलवार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको हो ।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्तीकरणी गरेको जाहेरी किशोरीले दिएकी हुन् । अध्यक्ष श्रेष्ठविरुद्ध उजुरी परेको प्रहरी स्रोतले पुष्टि गर्‍यो ।

“अध्यक्ष श्रेष्ठविरुद्ध जबरजस्तीकरणीको आरोपमा पीडितका तर्फबाट उजुरी आएको छ, उजुरीमाथि प्रहरीले अनुसन्धान अघि बढाइसकेको र यस विषयमा अहिले बाहिर केही उल्लेख गर्न मिल्दैन” प्रहरी स्रोतले भन्यो ।

तर, यो विषय प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारी औपचारिक रूपमा बोल्न मानेनन् । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । 

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ५५ बजे