प्रधानमन्त्री देउवाको उम्मेदवारीविरुद्ध उजुरी

काठमाडौँ – डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका प्रधानमन्त्री एवं  नेपाली  कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ ।

प्रधानमन्त्री देउबाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उहाँविरुद्ध उजुरी परेको हो । अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका कर्ण मल्लले देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उहाँको उम्मेदवारी विरुद्ध उजुरी दिएका हुन् ।

देउवाको नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको र मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।

मल्ल अहिले बिपी कांग्रेसबाट देउवा विरुद्ध चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ५ : ५४ बजे