काठमाडौं । डेंगु रोगबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप सातै प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ३३ हजार ९७५ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको छ । मन्त्रालयले आवश्यक सावधानी अपनाउन अपिलसमेत गरेको छ ।
प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार ५ : ०६ बजे
प्रतिक्रिया