सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो पटक ट्रफी, पोखराबाट सार्वजनिक

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ ।

विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गर्नुभएको हो ।

अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक ठाउँहरूमा राखेर प्रदर्शन गरिनेछ । खेलाडी, प्रशिक्षक, व्यवस्थापक, खेल पदाधिकारीहरू, विभिन्न पाहुना तथा सर्वसाधारणका लागि ट्रफी प्रदर्शन गरिएको हो । ट्रफीसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरू सहित सवारीसाधनबाट नगर परिक्रमा गराइने कार्यक्रम छ ।

पोखराको अमरसिंह चोक, रानी पौवा, महेन्द्रपुल, नदिपुर, पृथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोकभित्र बजार हुँदै बगर चोक, बागबजार चोक, जिरो किलोमिटर हुँदै हल्लनचोक र बाहारी चोकमा ट्रफी प्रदर्शन गरिनेछ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाइएको राखेपले जनाएको छ ।

ट्रफीमा ५ केजी चाँदी र दुई तोला सुन छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रूपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ०८ बजे