मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

मनाङमा प्रतिनिधिसभा र प्रदेशसभामा नौ जनाको उम्मेदवारी

लमजुङ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी प्रत्यक्षतर्फ नौ जनाको उम्मेदवारी दर्ता भएको छ । 

जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कुल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  ।

प्रतिनिधिसभामा एमालेका पोल्देन छोपाङ गुरुङ, काँग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिनुभएको छ  ।

प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा, काँग्रेसका मुनिन्द्र जङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : १७ बजे