मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमाले अध्यक्ष ओलीले १२ बजे उम्मेदवारी दर्ता गर्नुहुने

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १२ः०० बजे झापा क्षेत्र नं ५ मा उम्मेदवारी दर्ता गर्नुहुने भएको छ  । उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली शनिवार नै झापा पुगिसक्नुभएको छ । 

अध्यक्ष ओलीको उम्मेदवारी दर्ताका लागि प्रस्तावक र समर्थकहरू समेत तोकिएको छ । झापा क्षेत्र नं ५ को निर्वाचन परिचालन कमिटीका संयोजक एवं पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार सङ्घीय संसद्का लागि अध्यक्ष ओलीको उम्मेदवार प्रतिनिधि केन्द्रीय सदस्य रोमनाथ ओलीलाई तोकिएको छ । 

यसैगरी प्रस्तावकहरूमा केन्द्रीय सदस्य ओली र प्रदेश सदस्य अम्बिका खनाललाई तोकिएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्कीलाई तोकिएको छ ।

उम्मेदवारका प्रस्तावक र समर्थकले नागरिकता,निर्वाचन आयोगले प्रमाणित गरेको मतदाता नामावली पेस गर्नुपर्ने छ । 

अध्यक्ष ओलीको उम्मेदवारी दर्ता दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दिउसो साढे १२ः०० बजे हुने एमालेले जनाएको छ ।  

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ८ : ३८ बजे