‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देशको मुहार फेर्नु छ

अनेक औतारी नेताका वरिपरी अवसरको दाउमा  

नाना सौगात नगदका अटैची टक्र्याउँछन् पाउमा

गर्छन् चापलुसी बेजोड जसले नेताजीलाई भेटमा

पाउँछन् तिनैले वरदान मागेको अवधारित रेटमा

नहोस् यसपाली अरुप कमजोरी अव युग फेर्नु छ

त्यागी सक्षम कर्मठ उम्मेद्वार घरभित्रै खोज्नु छ

ब्युँताई जनता मुर्छित भएका फेरि जागृत गर्नु छ

शान्ति संमृद्धि चयन चुमेर देशको हालत फेर्नु छ

खाडीका धुपमा काम गर्न विवस युवा यतै रोक्नु छ

विदेशका मोहमा लिप्त पटुलाई अव देशमै खिच्नु छ

खोलेर उद्योग देशका ठाउँ ठाउँमा रोजगारी दिनु छ

धराका खनिज उत्खनन गरिकन अभ्युन्नति गर्नु छ

शिक्षा सडक स्वास्थ्यको विकासमा मरिमेटी गर्नु छ

गरिवी निवारणमा योजना सहित अब लागि पर्नु छ

लगाई बुद्धि बर्कत मेहनतपूर्वक देशको मुहार फेर्नु छ  

फलाई सुनका असर्फी माटोमा जनमा खुसी भर्नु छ

हिमाल, पहाड, तराई र मधेस स्वर्गसरी देश छ

नहारी हिम्मत चुम्नलाई चुली अविरल चढ्नु छ

अवश राख्न पुर्खाको पौरख दुश्चक्रलाई तोड्नु छ

वैरीका गढमा गरेर हमला तिनको मेख मार्नु छ

पूर्णचन्द्र भुसाल-२०७९/०६/१५, काठमाण्डौ l

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : २५ बजे