मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

चुनाव नलड्ने अग्निप्रसादको घोषणा

काठमाडौं । निर्वमान सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
सापकोटाले मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।

 माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी छन्  ।

सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनिरहेको समयमा सापकोटाले उम्मेदवारी नबन्ने घोषणा गरे पनि  सिन्धुपाल्चोक १ माओवादी केन्द्रकै भागमा  छ । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  २ : ३९ बजे