मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

कांग्रेस बीपीका कर्ण मल्ललाई एमालेको समर्थन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिएर काँग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ ।

एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो ।

प्रधानमन्त्री देउवाविरुद्ध डडेलधुरामा स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भएको छ ।

एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ३३ बजे