परीक्षणले जन्माएको राजनेता केपी ओली 

परीक्षणको अर्थ धेरै जनाको बीच तोकिएको कार्य गर्न योग्य भन्ने बुझिन्छ ।यो एक मनोवैज्ञानिक परीक्षणको व्यवस्थित प्रक्रिया पनि हो जसद्वारा धेरै व्यक्तिको व्यवहारमा तुलनात्मक अध्ययन क्रिया हुन जान्छ र यसमा मानको मापन हुन्छ अहिले जनताले धेरै उम्मेदवारका बिचमा कसरी योग्य उम्मेदवार छान्ने भन्ने बहस चुलिएको अवस्था छ । यसै सन्दर्भमा  परीक्षण भयकालाई नदिऊ र  भयका कामलाई विश्लेषण गरौँ भन्ने पक्ष बीच मत विभाजित छ ।यस हिसाबले जनतामा रहेको आफ्ना प्रतिनिधि छान्ने छनोटको अधिकार कार्यान्वयन हुदैछ भन्न सकिन्छ । यो राजनैतिक हिसाबले महत्त्वपूर्ण चाड पनि हो । 

   केही समय अगाडि अनलाइन खबरबाट  ओलीको पक्षमा हुनु हुन्छ कि विपक्षमा हुनु हुन्छ भनी गरिएको जनमत सर्वेक्षणमा जम्मा पोष्ट भयका २०८ कमेन्ट मध्य ओली मन पराउने पक्षमा ७४.६%मत देखिएको र मन नपराउने पक्षमा २२.७५ रहेको समाचार प्रकाशित भयको थियो ।त्यसरी अनलाइन खबरले केपी ओलीको जनमत मागेको केही घण्टामै फेसबुक पेजमा १५०० कमेन्ट आयका थिए ।अहिले पनि नेपालको राजनीति केपी ओलीकै वरिपरि घुमेको देखिन्छ अर्थात् कि त केपी ओलीको पक्षमा कि त विरोधमा नै भई केही पनि नबोल्ने न्युट्रल जनमत कमै देखिन्छ।आजकालको सामाजिक सञ्जालमा आयको प्रतिक्रियाले यस्तै बताउँछ। यो तथ्य सत्यमा आधारित छ भन्न सकिन्छ । वास्तवमा आफ्नो स्वार्थको लागि हरेक ठाउँमा भद्रगोल र अस्तव्यस्तता सृजना गर्ने प्रवृत्ति नै राष्ट्रिय समस्या हो। यो प्रवृत्ति के पी ओलीमा देखिँदैन  । केपी ओली वर्तमान नेकपा एमालेको विधान अनुरूप महाधिवेशनबाट ससम्मान निर्वाचित भएका अध्यक्ष हुन् । यस आधारमा उनले विना वाधा अड्चन आफ्नो कार्यकाल सक्न पाउनु विधान सम्मत प्रक्रिया हो । यस्तो अवस्थामा आफ्नो पराजित नस्विकारी माधव नेपालको गुटवन्दि र प्रचण्डको अराजकताले पार्टी नेतृत्वको सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउनु र देशमा राजनैतिक अस्थिरता निम्त्याउने कार्य गर्नु  किमार्थ दलगत आचरण  भन्न सकिँदैन । तथापि सरकार गिराउने कार्यलाई के पी ओलीले प्राप्त उपलब्धिको रक्षा गर्न नसकेको हुँदा वाध्य भएर गर्नु परेको भन्ने जस्ता बहाना बाजी गरी आफ्नो वचाव गर्ने प्रयास गरिरहनु भएको देखिन्छन् । तर यो सरासर वहाना वाजि मात्र हो । यथार्थमा  केपी ओलीले प्राप्त उपलब्धिको रक्षा गर्न नसकेको  होइन कि, गर्न  नदिएको चाहिँ हो । जब ओली सरकारले नाकावन्दिको दृढतापूर्वक विरोध र नाकावन्दि नहटाए सम्म भारत भ्रमण नगर्ने दृढता ,भारतीय पत्रकार सुधीर चौधरिलाई नेपालीको सिर उच्चो हुने गरी दिएको अन्तरवार्ता ,संसद्को रोष्टममा उभिएर सत्यमेव जयते कि सिंहमेव जयते हो भनी गरिएको प्रश्न ,लिपुलेक कालापानी लिम्पियाधुरा को भूभाग नक्सामा समाविष्ट ,चीनसँगको व्यापार तथा पारवहन सम्झौता  ,भूपरिवेष्टित नेपाललाई भुजडितमा रूपान्तरण  ,सीमा अतिक्रमणको विरोध ,भारतीय हेपाहा र हस्तक्षेपकारी प्रवृत्तिको  विरोध गर्दै राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता अखण्डता सार्वभौम सत्ताको रक्षा जस्ता सवालमा सशक्त रूपमा आफूलाई उभ्याए पछि र सामाजिक सेवा सहितको विकास निर्माणमा तीव्र गति देखाए लगत्तै प्रचण्ड, माधव र कांग्रेसले आउँदो दिनमा आफ्नो दलगत स्वार्थ र भविष्य चौपट हुने महसुस गर्न थाले । भारतले नाकावन्दि लगाउँदा लगाएको सम्म भन्न नसक्ने ,भारतीय प्रहरीले तुइनको तार चुढाइ नेपाली जयसिंह धामी मर्दा अनुसन्धान गर्न र विरोध गर्न नसक्ने ,आफ्नो देश भित्र अनधिकृत भारतीय हेलिकप्टर  पटक पटक फन्को मार्दा पनि एक शब्द बोल्न नसक्ने, सीमामा नेपाली माथिको थिचो मिचोलाई हटाउन नसक्ने दलालहरूलाई असहृेय हुने नै भयो ।यसबाट आत्तिएर डराएर राज्य सञ्चालनमा विभिन्न वाधा अवरोध खडा गर्दै देशी विदेशी शक्तिहरू बीच षडयन्त्र पूर्वक अपवित्र गठ जोड भई घेरावन्दि गरी  मिति तोकेर परमादेशी सरकार गठन गर्न पुगेका हुन भन्ने तथ्य कसैले लुकाएर लुक्दैन ।वास्तवमा यस्ता मानिस शक्ति आर्जनका निम्ति जे गर्न पनि सक्ने खालका हुन्छन् ,रिस र आवेग बढी हुन्छ अनि तिनीहरू पहिले शब्दमा देखिन्छन् यदि शब्दबाट सकेनन् भने अरू मा प्रकट हुन्छन् । यस्तो प्रवृत्ति नेपाली कांग्रेसमा पनि देखिएको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासँग असन्तुष्टि बढ्दै गए पछि  जनआन्दोलनका कमान्डर गणेशमान सिंहले घोषित रूपमै पार्टी छाडेका थिए भने कृष्ण प्रसाद भट्टराईलाई कांग्रेसको बहुमतको सरकारको नेतृत्वबाट असम्मानजनक रूपमा निकालियो । कालान्तरमा उनी पनि पार्टीमा निष्क्रिय बसे ।त्यसपछि २०५९ सालमा त पार्टी नै विभाजन भयो । शेर बहादुर देउवाले पार्टी फुटाएर कांग्रेस (प्रजातान्त्रिक ) गठन गर्न पुगेका थिए ।यस्ता प्रवृत्ति व्यक्तिको राजनैतिक शक्ति आर्जन गर्ने महत्त्वाकाङ्क्षा र वैदेशिक दलाली चरित्रमा देखा पर्ने गर्छ । यसो नहुँदो हो त  एमाले र नयाँ दर्ता गरेका नेकपा एस,  बीचको वैचारिक राजनैतिक मतभेद केही देखाउन नसक्दा पनि पार्टी फुटाएर कम्यूनिष्ट आन्दोलन  र लोकतान्त्रिक प्रणालीलाई  कमजोर पार्ने दुष्प्रयास गर्ने थिएनन् ।तर नेकपा  एमाले कमजोर भएको छैन। बरु गठबन्धन दलहरू उद्देश्य, लक्ष्य विहीन हुँदै कुइराको काग बन्दै कमजोर हुँदै छन् । यता एमालेमा भने आफ्नो सांसद पद समेत त्यागेर एक लाख भन्दा बढी पार्टी प्रवेश भइसकेका छन् भने अझै प्रवेशको क्रम जारी नै छ ।  निरन्तर  सङ्गठन विस्तार भइरहेको छ । नेकपा एमाले  केपी ओलीको कुशल दृढ नेतृत्वमा देश निर्माणको स्पष्ट खाका सहित घोषित आवधिक निर्वाचनमा होमिएको छ । यस पार्टी को मार्गदर्शकको रूपमा रहेको जनताको बहुदलीय जनवादको मर्म अनुसार बहुदलीय प्रतिस्पर्धा ,संविधानको सर्वोच्चता शान्तिपूर्ण र  समाजवादमा पुग्ने मार्गलाई संविधानबाटै खुला गराउने जस्तो ऐतिहासिक उपलब्धिमा  नेतृत्वदायी भूमिका यो पार्टीको  रहेको थियो । यसै गरी समाजसेवाको क्षेत्रमा अभिभावकमय  भूमिका खेलेको थियो  । मिति ०७२ सालको भूकम्प पछि ५०हजार भन्दा बढी नेता कार्यकर्ता जनसेवामा खटिएका थिए । भारतीय  नाकावन्दि विरुद्ध लडेका थिए । यसले संविधान जारी भइसके पछिको  सरकारको  काँधमा  आयको संविधान र सङ्घीयता कार्यान्वयन गर्ने जिम्मेवारी भय अनुरूप कानुन बनाउने, संरचना निर्माण गर्ने, कर्मचारी समायोजन गर्ने जस्ता कार्य कुशलतापूर्वक सम्पन्न गरेको छ ।सिके राउत जस्ता सङ्गठनलाई मूल धारको राजनीतिमा ल्याउन सफल भएको छ । संयुक्त राष्ट्र सङ्घमा विकासशील राष्ट्रको रूपमा नेपाललाई स्तरोन्नति गराउन सिफारिस गरेको छ । विद्युत्मा आत्मनिर्भर, खानेपानीमा पहुँच ९१ प्रतिशत ,सामाजिक सुरक्षाको व्यवस्था, हरेक पालिकामा कम्तीमा १५ शय्याको अस्पताल, मिर्गौला तथा मुटुका रोगीलाई सहुलियतपूर्ण उपचार को व्यवस्था गर्दै ,असंलग्न परराष्ट्र नीतिमा दृढता ,विश्व आतङ्कवाद प्रति सचेत रहँदै , न्यायपूर्ण विश्व व्यवस्था ,उत्पीडित राष्ट्र र श्रमजीवी वर्गको पक्ष समाजवादी आन्दोलनका पक्षमा खरो रूपमा उत्रँदै आएको छ ।  

  यस्तै लोकप्रिय विकास निर्माणका  कार्य गरेकै कारण स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एस ,माओवादी र मधेसवादी दलहरूको गठबन्धनलाई धक्का दिँदै करिब ४० प्रतिशत भन्दा बढी स्थानीय तहमा एमालेले विजय हासिल गर्न सफल भएको हो । यो सफलताको कारण जनतासँग नजिक रहेका कार्यकर्तामा आधारित पार्टी सङ्गठन पूर्ण क्रियाशील भएर नै हो । यो पार्टीमा वर्ग सङ्घर्षमा आफ्ना विश्वास योग्य अगुवाका रूपमा स्वयम् जनताद्वारा समेत स्वीकार गरिएका नेता कार्यकर्ता रहेका छन् ।  यसरी सिङ्गो पार्टी  यसका निश्चित  तहहरू बीच घनिष्ठ अन्तर सम्बन्ध राखी शृङ्खलाबद्ध कमिटी प्रणालीको रूपमा सञ्चालित भइरहेको छ । यसरी एमाले जनतामा आधारित भएर सामूहिक नेतृत्वमा आदर्श र व्यवहारका बीचको अन्तर विरोधलाई  हल गर्दै जाने र आउँदो आवधिक निर्वाचनमा बहुमतको सरकार बनाइ बाँकी रहेका विकास निर्माणका काम गर्ने योजना यसको रहेको छ । यस पार्टीले आफूलाई विधि र पद्धतिमा चल्ने गरी पार्टीको संस्थागत विकास गर्ने, आर्थिक विकास र समृद्धिको लागि अगुवाइ गर्ने र कामका नयाँ क्षेत्रमा समेत पार्टीलाई पुर्याउने कार्य गर्दै आएको जगजाहेर नै छ । अहिले हाम्रो साध्य भनेको सुखी नेपाली र समृद्ध नेपाल  हो । यो साध्यमा पुग्न को लागि सही साधन (पार्टी) को प्रयोग गर्नु पर्दछ । गलत साधनबाट सही साध्यमा पुगे पनि टिकाउ हुँदैन । तसर्थ नेपाली विशेषता सहितको समाजवाद स्थापना गर्न सक्ने भरपर्दो पार्टी एमाले नै हो र विगतका शासकिय परीक्षणले नै जन्माएका राष्ट्रियताको पहरेदार  र तीव्र विकासको इच्छाशक्ति भएका राजनेता पनि के पी ओली नै हुन ।  अस्तु ।

(लेखक उपत्यका विशेष प्रदेश कमिटी सदस्य)  

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ३१ बजे