‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

गायक खत्रीले गरे बिवाह, विवाह खर्चको रकम असहायलाई

काठमाडौं – गायक तथा संगीतकार कमल खत्री वैवाहिक जीवनमा बाँधिएका छन् । 

आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर गायिका मेलिना मैनालीसँग गायक खत्रीले विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत नविवाहित जोडीले घोषणा गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ५० बजे