‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लाल मोहम्मद अन्सारी हत्या आरोपित सार्वजनिक

काठमाडौँ । प्रहरीले काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद अन्सारीको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको छ । केही दिनअघि पक्राउ परेका उनीहरूलाई काठमाडौं प्रहरी परिसरले शुक्रबार सार्वजनिक गरेको हो ।

अन्सारीको हत्यामा पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारम मियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

प्रहरीले वीरगञ्ज महागरपालिका १६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज महानगरपालिका १५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका १ की सुमी भनिने सुस्मिता स्याङताङलाई शुक्रबार सार्वजनिक गरेको हो । वीरगञ्जका महोरम र रेहानले हत्याको योजना बनाउनुका साथै हतियार व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । सुस्मिताले भने अन्सारीको गतिविधि निगरानी गरेको प्रहरीले जनाएको छ ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाका मुख्य योजनाकार लामो समयदेखि काठमाडौं बस्दै आएका नितिन मदन भएको आशंका गरिएको छ । 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ५ : ३३ बजे