‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बिपीको समाजवादी चिन्तनमा अवसरवादी नव धनाढ्यहरूको कब्जा

पाँच दलीय गठबन्धन एक प्रकारको मृत्यु उन्मुख रहेको गठबन्धन हो । मिल्ने नमिल्ने यन्त्र जोडेर यसको आकृति देखिएको छ । एमालेका लागि गठबन्धनको तुलनामा शानदार हिसाबले एकल बहुमतको सरकार निर्माणमा सफलता पाएको ऐतिहासिक अवसरको मौसम रहेको छ । नेपालका राजनैतिक दलहरूले दलीय व्यवस्थाको पैसठ्ठी वर्षे इतिहासमा के पाए के गुमाए त्यसको लेखाजोखा त दलहरूले आ– आफ्नै बही खातामा अवश्य नै रेकर्ड गराएका होलान् भनेर अनुमान गरी दिनु पर्दछ । गल्ती र कमीकमजोरीबाट के कस्ता पाठहरू सिकेर अवसर पाए वा गुमाए त्यसको पनि हिसाबकिताब पनि दलहरूले नै गरेको हुनु पर्दछ । समय, मौसम र परिस्थितिले हरेकलाई साथ दिन्छ । त्यो समयमा व्यक्ति वा संघसस्थाले के कसरी क्यास गर्न सक्यो वा सक्छन् त्यो उसको खुबी र क्षमताको विषय हो । भनिन्छ मौका आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन । नेपालमा पनि कतिपय दलले पाएको अवसर गुमाई सकेका छन् ।

राजनीतिक दल र निर्वाचनको मौसमले जनतामा ध्यानाकर्षण भएको अनुमान गर्न सकिन्छ । नेपाली काँग्रेसले यो अवसर २००७ सात साल देखिन २०५६ साल सम्ममा पटक पटक पायो र गुमायो पनि । हिजो अस्तिसम्म बाघ बनेको यो पार्टीको हविगत ओरालो लागे पछि बैसाखीको खोजीमा नै गठबन्धनको त्यान्द्रोको सहारामा पुगेको छ । नेतृत्वको एकोहोरो पेलाई र कार्यकर्ताको भावना विपरीत जाने र कार्यकर्ता र जनतालाई दास बनाउने प्रवृत्तिको परिणामको भोगाई हो यो । बिपीको समाजवादी चिन्तनमा अवसरवादी नव धनाढ्यहरूको पार्टी कब्जाको प्राथमिकताले यो पार्टीको जनविश्वास गुमेको हो । भ्रष्टाचार विरुद्धमा कहिल्यै पनि पार्टीमा एजेन्डा बनेनन् । नेकपा माओवादीको धन्दाकारी प्रवृत्तिको त के कुरा गर्नु र ? प्रचण्डहरूले आमूल परिवर्तन, क्रान्तिकारी छलाङको नाममा लुट र हिंसात्मक उद्योग चलाएका थिए । विदेशीको स्वार्थका लागि गरेको प्रचण्ड पथले देशको अस्तित्व नै सङ्कटमा पुर्‍याउने देखे पछि एक किक्कमै पुनः कहिल्यै न उठ्ने गरी जनताले धुलो चटाए र यस पटक रहल पहल पनि समाप्त हुने अवस्थामा रहेको देखिन्छ । एमाले माओवादी एकताले एमालेको समेत अस्तित्व सङ्कटमा पुग्ने देखे पछि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक निकास खोज्ने हिम्मत अध्यादेश मार्फत गरेको पाइन्छ । यो कुरा बुझेका कहियौ काँग्रेस र माओवादीका नेता राजनीतिक सहाराको खोजीमा नै एमाले प्रवेश गरेका छन् । आफ्ना  कर्तुतहरू बचाउन पार्टीका अध्यक्ष माथि जे जस्ता व्यवहार माझंडहरु मार्फत प्रयोग गरेको नौटङ्की देखियो त्यसमा वास्तविक सत्यता कुनै पनि नरहेको परमादेशी राजनीतिक नेतृत्वबाट व्यवहारले नै दृष्टान्त दिई सकेको छ । जनताले धेरैलाई निर्वाचन मार्फत चिल्ल्याउने पक्का पक्की भए पछि अलग अलग विचार सिद्धान्तको बीचमा पनि एकताको नाटक रचेर गौडा ढुकेका अवसरवादीहरूको बढारिने सुन्दर अवसरको पछाडि पनि नेकपा एमालेको नेतृत्वको निर्णायक भूमिकामा भर पर्दछ । यो गठबन्धनबाट एमालेलाई ऐतिहासिक मौका मिलेको छ । भ्यागुते धार्नीको गठबन्धनमा जनताको विश्वास नरहेको धेरै तथ्यहरू रहेका छन् । 

नेकपा एमाले प्रति पनि जनताको पूर्ण भरोसा र स्वामिस्व प्रश्न चिन्ह खडा भने नभएको होइन । सुशासन र सदाचारको पक्षमा धेरै नै सुधारको आवश्यकता रहेको छ । एमालेका कतिपय अवसरवादी नेताहरू चुनावमा किसन श्रेष्ठ र प्रेम आलेको खोजीमा रहेका छन् । धनवादी र डनवादीलाई नेता मान्न नसकिने र केन्द्रीयताको नाममा जनताले नरुचाएका वा पार्टीको आडमा जबरजस्ती आएका राजनीतिक व्यापारीहरूलाई निर्वाचनमा स्वीकार गर्न नसक्ने यथार्थ सङ्केतहरूमा जनआवाज र जनभावनाहरू पोखिएको पाएकोले नै लेखहरू मार्फत नब्बे प्रतिशत उम्मेदवारहरुमा नयाँ अनुहारहरूको खोजी गरेमा नेता र जनता बीचको अन्तर विरोध अत्यन्तै कम हुने र जित सुनिश्चित गर्न सजिलो हुने छ । पार्टीको ऐतिहासिक भूमिका निर्वाह गरेका योग्यहरूको खोजी  जनताले गरेका छन् । पार्टीले गणेश प्रवृत्तिवाला र ढोकेहरूलाई एक पटकका लागि स्थगित गर्न आग्रह गरिएको हो । नेतृत्वले भ्रमबाट मुक्त हुनु जरुरी छ, अरू पनि योग्य र क्षमतावान्हरू सडकमा ठिँगुरिएर रहेका छन् । कुशल निर्णयको तागतमा पुनः पार्टीले ऐतिहासिक विजय पाउने छ र देशलाई अवसरवादीहरूmको चङ्गुलबाट बचाउँदै पार्टीले जनविश्वास जितेर विगतका गल्तीबाट सच्चिने मौका मिल्नेछ ।  

अब बस्ने नेकपा एमाले नेतृत्वको लागि उम्मेदवार चयनको सचिवालय बैठक एक अग्नि परीक्षा हो । यसको निर्णय प्रकाशित हुँदा नहुँदा नै यो पार्टीको भविष्यको निर्धारण हुनेछ । जनताले नेतृत्वको न्यायपूर्ण र प्राकृतिक निर्णयको प्रतीक्षा कुरी रहेका छन् । स्वतन्त्र उम्मेदवारहरूको बाढी वा निस्तेज जे पनि एमालेको निर्णयमा निर्भर रहेको छ । आजको एमाले ती इतिहास पुरुषहरूको उपज हो । पुष्पलाल, मदन कुमार भण्डारी, पहिलो पार्टीको अध्यक्ष तथा पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको साधा शालीन र सरल जीवनको उपज समेत हो आजको एमाले । मनमोहनले भ्रष्ट आफ्नै  मन्त्रीको विरुद्धमा कस्तो नीति अख्तियार गरेका थियो भन्ने कुरा पनि हेक्का राख्नु पर्ने विषय हो ।  वर्तमान पार्टी अध्यक्षको क्रियाशीलताको फाइदा देश र जनताका लागि हुनु पर्नेमा कतिपयले उहाँको ऐतिहासिक ब्रान्डको उपलब्धि आफ्नो  व्यापार व्यवसाय विज्ञापनमा दुरुपयोग भएको जनताले महसुस गरेका छन् । नेपालका गरिमामय राजनेताको गरिमामा धक्का लागेको जनताले महसुस गरेका छन् । जनताले विभिन्न तहमा रहेका नेताका आज्ञापालक र चाकड़ीवाज खोजेका छैनन्, कामकाजी योग्य र स्वच्छ छवि भएका ईमान्दार र यथार्थ विकास प्रेमी उम्मेदवार खोजेका छन्, जसले एमालेको पुनः बहुमतको सरकार निर्माणको आधार दिनेछन् । जनताको नजरमा उपयुक्त प्रतिनिधि पात्र भएमा जनताले अब कुनै पनि अमुक पार्टीको ट्याग लागेका फोहोरीहरूलाई काँधमा भिरेर हिँड्दैनन् भन्ने सङ्केत स्थानीय तहको निर्वाचनले नै गरिसकेको छ । एमालेले पनि हाम्रा नै खोज्छ कि राम्राको खोजीमा छ भनेर, जनता र कार्यकर्ताको सुश्मचछु नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको निवास तिर केन्द्रित रहेको पाउन सकिन्छ । नेतृत्वले के बुझ्न जरुरी छ भने म पनि कुनै समयमा नयाँ र श्रोत विहीन थिए । नयाँ पनि राम्रो हुन्छ, सक्षम हुन्छ । जो कोही पनि एक पटक नयाँ भएर नै पुरानो हुने हो । २०४३ सालमा जनपक्षहरू नयाँ थिए तर पनि ती ऐतिहासिक थिए ।  नयाँ भए पनि पुराना भए पनि राम्रा र असललाई जनताले २०४८ साल देखिनै निरन्तर विजय गराएका छन् । तर यो सबैमा र सबैतिर लागु हुनु हुँदैन र हुन पनि सक्तैन । विचार,निष्ठा र स्वच्छता द्रव्यले दिन सक्तैन, तर द्रव्य जन्माउन, स्थिरता कायम गर्न, जनविश्वास बटुल्न भने विचार,निष्ठा र स्वच्छताको महत्त्वपूर्ण भूमिका रहन्छ । पार्टीको नेतृत्व सँग कार्यकर्ता र जनताले अहिले अपेक्षा गरेको मुख्य विषय यही नै हो । यसै पृष्ठभूमिमा रहेर नयाँ योग्य र कर्तव्य निष्ठलाई उम्मेदवार बनाएमा एमालेको पुनः पूर्ण बहुमतको सरकार बन्नेछ । वर्तमान पार्टीको नेतृत्व यो सुन्दर अवसरलाई क्यास गर्न सफल रहला त ? भन्ने जनता र कार्यकर्ताको चासो रहेको छ । 

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  २ : १७ बजे